एनआइसी एशिया क्यापिटल सातौं वर्षमा प्रवेश, सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड फागुन २२ गते संचालनमा आएको छ वर्ष पुरा गरेको छ । क्यापिटलले आफ्नो छैठौं वर्ष पुरा गरेको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिने निम्न सेवाहरुमा ६ मा ६ अफर योजना सार्वजनिक गरेको छ ।
लगानी व्यवस्थापन सेवा अन्तर्गत
लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र ६ रुपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त अफर योजना मिति २०७९ साल चैत्र मसान्तसम्म संचालन हुनेछ ।
एन आई सी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत
एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड” को Systematic Investment Plan (SIP) मा फागुन २२ देखि चैत्र मसान्तसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ६ जना इकाईधनीहरुले ५०० रुपैयाँ बराबरको क्यापिटलको तर्फबाट SIP रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई SIP Booster को सुविधा उपलब्ध गराईनेछ ।
संस्थागत परामर्श
एन आई सी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत “IDEA to IPO” सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, Further Expansion हुदैं आइपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट उपलब्ध गराउने संस्थागत परामर्श सेवा शुल्कमा ६ वटा व्यक्ति तथा संस्थालाई सेवा शुल्कमा ५० प्रतिशत छुट योजना सार्वजनिक गरेको छ । हाल क्यापिटलले संस्थागत परामर्श अन्तर्गतको सेवा जुन सुकै क्षेत्र तथा जुन सुकै चरणमा रहेका कम्पनीहरुलाई समेत उपलब्ध गराउदै आइरहेको छ ।
निक्षेप सदस्य सेवा अन्तर्गत
हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित सहज, सरल र उच्च कोटिको ग्राहकमुखी सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ विशेष छुट सहित विभिन्न योजनाहरु संचालन गरिरहेको छ । यस क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलले एन आई सी एशिया डिम्याट सेवा अन्तर्गत मिति २०७९ फाल्गुन २२ देखि मिति २०७९ चैत्र मसान्तसम्म सहभागि हुने ग्राहकहरुलाई निम्न अफर योजना संचालन गरेको छ ।
1. एन आई सी एशिया “999 Lifetime DeMat Yojana” मा सहभागि खातावालाहरु मध्ये ६ जनालाई उक्त रु.९९९÷– क्यास ब्याक गरिदिने ।
2. एन आई सी एशिया “1000 Lifetime Meroshare Yojana” मा सहभागि मेरो शेयर प्रयोगकर्ताहरु मध्ये ६ जनालाई उक्त रु.१,०००÷– क्यास ब्याक गरिदिने ।
3. साथै BO to BO मार्फत एन आई सी एशिया क्यापिटलमा डिम्याट खाता ट्रान्सफर गर्दा निःशुल्क गरिदिने व्यवस्था समेत मिलाइएको छ ।
शेयर रजिष्ट्रार सेवा अन्तर्गत
हाल क्यापिटलले प्राईभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलले मिति २०७९ चैत्र मसान्त भित्र सहभागि हुने कम्पनीहरु मध्ये एउटा कम्पनीलाई मात्र ६ रुपौयाँमा शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत
क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा मिति २०७९ चैत्र मसान्त भित्र आइपीओ तथा हकप्रद शेयर निष्काशन सम्बन्धी सेवा लिन चाहने कम्पनीहरु मध्ये ६ वटा कम्पनीहरुलाई निष्काशन तथा बिक्री प्रबन्ध सेवा शुल्कमा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।













