सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु
काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना भएको हो ।
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो ।
दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । ती मध्ये १९ जना घाइते भएका छन् ।













