१० श्रावण २०८३, आइतबार

मर्जर मार्फत पुँजी वृद्धिको निर्णयले बीमा क्षेत्रमा नयाँ सिनर्जी ल्याएको छ: अध्यक्ष सिलवाल

मर्जर मार्फत पुँजी वृद्धिको निर्णयले बीमा क्षेत्रमा नयाँ सिनर्जी ल्याएको छ: अध्यक्ष सिलवाल



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको चुक्ता पुँजी वृद्धिको नीतिले कम्पनीहरुको क्षमता पनि बढ्ने बताए ।

सोमबार सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबारûको शुभारम्भमा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । उनले बीमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय समयको आवश्यकताअनुसार भएको बताए ।

‘अब मर्जपछि पुँजी पनि पर्याप्त हुनेछ, कम्पनीहरुले ठुला ठुला विकासका आयोजनामा समेत लगानी गर्न सक्नेछन् ।’– उनले भने,–‘प्राधिकरणले चुक्ता पुँजी बढाउने समय सापेक्ष रुपमा सहि थियो, कम्पनीहरुले मर्जर मार्फत पुँजी वृद्धि गर्न निर्णयले झनै राम्रो भएको छ । यसले बीमा क्षेत्रमा नयाँ सिनर्जी ल्याएको छ।’

उनले मर्जरले कम्पनीको चुक्ता पुँजी बढ्ने भएकाले इनोभेटिभ बीमा योजना ल्याउन, गुणस्तरीय बीमा सेवा प्रवाहमा टेवा पुग्ने बताए ।

अध्यक्ष सिलवालले,–‘मर्जरले दिएको अवसरलाई राम्रोसंग सदुपयोग गर्नुपर्छ, कम्पनीहरुको जोखिम धारणा पनि बढेको छ । अब नयाँ नयाँ प्रडक्ट ल्याउन र प्रविधिको प्रयोगसहित ग्रामिणमुखी बीमा सेवा विस्तार हुनेछ ।’

समग्रमा मर्जपछि व्यवसायमा केही नविनतम देखिनुपर्ने उनको भनाई छ । साथै, बीमा बजारलाई विश्वसनीय बनाउन समयमा दावी भुक्तानी गर्नुपर्नेमा उनले जोड दिए । ‘कम्पनीले दावी भुक्तानी समयमै गरेपछि मात्रै उसको लोकप्रियता बढ्ने हो । म्पनीहरुले दावी भुक्तानीमा जोड दिनैपर्छ ।’