स्ववियु निर्वाचनः डोटी क्याम्पसमा तनाव, नेविसंघले फर्जि मत खसालेको आरोप
काठमाडौं । डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा विवाद भएको छ ।
क्याम्पसमा नेविसंघले बाहिरका मान्छे लिएर आएर फर्जी मत हालेको भन्दैं एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियले विरोध जनाएको हो । क्याम्पस प्रशासनले समेत निष्पक्ष ढङ्गले निर्वाचन नगराएको अनेरास्ववियुको आरोप रहेको छ ।
अहिले सो संगठन क्याम्पस प्रशासन विरुद्ध नाराबाजी गरी रहेका छन् ।













