२८ श्रावण २०८३, बिहिबार

बरुण हाइड्रोपावर कम्पनीको संचालकमा नयाँ नेतृत्व, अध्यक्षमा गुरागाई



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको संचालक समितिको अध्यक्ष डा. भुषण गुरागाई निर्वाचित भएका छन् । कम्पनीको फागुन २८ गते बसेको १९औं वार्षिक साधारण सभाले गुरागाईलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

कम्पनीको संचालकमा डा. अभिनव दाहाल, रमेश अधिकारी, सोरभ गुरागाई, सुदिप बासकोटा, पुनम कार्की रहेका छन् । यस्तै, स्वतन्त्र संचालकमा भने सम्झना तजले निर्वाचित भएकी छिन् ।