२८ श्रावण २०८३, बिहिबार

सिटिजन लाइफ इन्स्योरेन्सको बौनिया शाखाले गर्यो मृत्यु दाबी भुक्तानी



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कैलाली बौनिया शाखाले मृत्यु दाबि भुक्तानी गरेको छ । कम्पनीको मृत्यु दाबी बापतकाृ १ लाख ७८ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

जोशीपुर गाउँपालिका वडा नं १ राजीपुर बस्ने जेनिसा गड्सिलाको बाल भविष्य पोलेसीका प्रस्तावक धन सिंह गडसिलाको आकस्मिक मृत्यु भएपछि उन श्रीमती निर्मला गडसिला लाई उक्त चेक रकम हस्तान्तरण गरिएको हो ।

कम्पनीका बौनिया शाखा प्रमुख खडग सिंह गडसिलाले चेक हस्तान्तरण पछि पनि विमा चालु रहने बाकि किस्ता मिनाहा हुने र प्रत्येक महिनाको मासिक आय स्वरूप १ हजार ५ सय रुपैयाँ बच्चा बिमा अवधि सम्म पाउने साथै अन्तीममा विमा परिपक्व भएको समयमा विमांक रकम र बोनस पाउने बताएका छन् ।