२८ श्रावण २०८३, बिहिबार

मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धनका ठूला चार दलको बैठक जारी



काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेका ठूला चार दलका शीर्ष नेताहरूको बैठक अहिले बालुवाटारमा बसिरहेको छ।

नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको अनौपचारिक बैठक अहिले बसिरहेको छ।यसअघि सत्ता गठबन्धनमा रहेका १० दलको बैठक बस्ने भनिए पनि चार ठूला दलका शीर्ष नेता अनौपचारिक छलफलमा जुटेका हुन्।

सचैत ६ प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको छ।