बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाए विश्वासको मत
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् ।
प्रदेशसभाको आजको बैठकमा उनको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ । पक्षरविपक्ष कतैपनि मत दिन्न भन्नेमा सात मत परेको छ । प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो ।












