१० श्रावण २०८३, आइतबार

शाखा विस्तारका लागि बीमा कम्पनीहरुलाई नयाँ व्यवस्था लागु, विदेशमा शाखा संचालनका लागि बाटो खुल्यो

शाखा विस्तारका लागि बीमा कम्पनीहरुलाई नयाँ व्यवस्था लागु, विदेशमा शाखा संचालनका लागि बाटो खुल्यो



काठमाडौं । अब बीमा कम्पनीहरुले विदेशमा पनि शाखा खोल्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमक शाखा कार्यालय सम्वन्धी निर्देशिका, २०७९ ले यस्तो व्यवस्था गरेको हो ।

सो व्यवस्था बमोजिम अब बीमकले प्राधिकरणको पूर्व सहमति लिई विदेशमा आफ्नो कार्यालयको शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न सक्नेछन् । (२ ) उपदफा (१) बमोजिम विदेशमा शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्दा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पुँजी कायम गरेको हुनुपर्नेछ ।

बीमक तथा बीमकका संचालकलाई प्राधिकरणबाट कुनै कारवाही भएको भए त्यस्तो कारबाही भएको ६ महिना पुरा भईसकेको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

विदेशमा शाखा विस्तारसंगै नेपालमा विदेशी मुद्रा आर्जन राम्रो हुने अपेक्षा गरिएको छ । नेपाली बीमा कम्पनीहरुको पुँजी बढ्दै गएकोले पनि विदेशमा पनि शाखा खोल्न नियमावलीमा समेटिएको प्राधिकरणले जनाएको छ । नेपाली बीमा कम्पनीहरुले विदेशी मुलुकमा शाखा कार्यालय संचालन गरि व्यवसाय विस्तार गर्न पाउनेछन् ।

उपत्यकामा थप १ शाखा संचालनका लागि बाहिर तीन शाखा अनिवार्य

अब बीमा कम्पनीहरुले काठमाडौं उपत्यकामा थप १ शाखा संचालनका लागि बाहिरि (उपत्यका बाहिर) तीन वटा शाखा संचालनमा ल्याउनुपर्ने भएको छ ।

काठमाडौँ उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात मात्र काठमाडौँ उपत्यकामा थप एक शाखा खोल्न स्वीकृति प्रदान गर्न सकिने प्राधिकरणले जनाएको छ ।

यसका साथै काठमाडौँ उपत्यका बाहिर खोल्ने तीन शाखा मध्ये कम्तिमा दुई शाखा नगरपालिका वा गाउँपालिकामा खोलिएको हुनुपर्ने प्राधिकरणले जनाएको । जसले बीमाको पहुँचका व्यापार विस्तार गर्ने थप सहयोग पुग्नेछ ।

यस्तो छ बीमकको शाखा कार्यालय सम्वन्धी निर्देशिका, २०७९