९ श्रावण २०८३, शनिबार

आदर्श लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अकंले घटेर १९०८.५५ बिन्दुमा पुगेको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर किनबेच हुदाँ ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार आदर्श लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ६.०७ प्रतिशतले घटेको हो ।

साथै, जाल्पा सामुदायिक लघुवित्तको ३.८६ प्रतिशत, ग्लोबल आइएमई ब्यालेचड फण्ड १को ३.८२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ३.७१ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्