अर्थशास्त्री स्वर्णिम वाग्ले कांग्रेसबाट अलग भएको घोषणा
काठमाडौं । वरिष्ठ अर्थशास्त्री डा स्वर्णिम वाग्लेले औपचारिक रुपमा नेपाली कांग्रेस पार्टी त्यागेको घोषणा गरेको छन । आज सामाजीक सञ्जालमा स्टाटस लेख्दै आजको मितिबाट नेपाली कांग्रेससँगको आवद्धता त्यागेको घोषणा गरेको हुन ।
उनले शेरबहादुर देउवा र आरजु राणाको गिरोहको निरन्तरको हेपाइ र अपमानले कांग्रेस पार्टी छोडेको बताएका थिए । वाग्लेले महामन्त्रीद्वयसँगै नेताहरु शेखर कोइराला र डा गोविन्द राज पोखरेललाई एसएमएस पठाएर आफू कांग्रेसमा नरहेको बताएका थिए ।
उनले फेसबुकमा लेखेको स्टाटस
नेपाली काँग्रेसबाट अलग भएको घोषणा
वि स२०४२ सालको सत्याग्रहु र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।
त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक(सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतस् योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई(भाउजु(साला(भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।
अब कांग्रेस(कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ुयो देश बन्छु भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।













