मार्केट पण्डित क्यापिटल एण्ड मर्चेन्टको १५० प्रतिशत हकप्रद सेयर बिक्रीमा
काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले आज (चैत १९ गते) देखि १०५ प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको हो ।
क्यापिटलले चैत ४ गतेसम्म कायम सेयरधनीहरूका लागि १ सेयर बराबर नयाँ ०.५ सेयरको अनुपातमा ४० हजार ८ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । हकप्रद सेयर खरीदका लागि जेठ ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रद सेयर बराबरको रकम कम्पनीको प्रभु बैंक लिमिटेडको चल्ती खाता नम्बर ००३०१३४९३४००००११ जावलाखेल शाखामा जम्मा गरी भौचर सहितको आवेदन कम्पनीको रजिष्टर्ड कार्यालय जावलाखेलमा बुझाउनुपर्नेछ ।














