सिटिजन्स बैंकका ग्राहकहरुलाई जोली फेमिलि डेन्टलमा १५ प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोली फेमिलि डेन्टल केयर प्रालि बीच हस्ताक्षर भएको छ । बैंकका कार्डबाहक ग्राहकहरूलाई जोली फेमिलि डेन्टलमा १५ प्रतिशत विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।













