७ श्रावण २०८३, बिहिबार

सिक्लेस हाइड्रोपावरको साधारण सभा आज, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको वार्षिक साधरण सभा आज (चैत २० गते)आभ्या क्लब, घारीपाटन पोखरामा बिहान ११ बजे बस्दैंछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न सभाको मुख्य एजेण्डा रहेको छ ।

यस्तै, सभाले सार्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गरेको हुदाँ चैत १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्