सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ९२ करोडमा झर्यो
काठामाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार बजार १६.६७ अंकले घटेको हो । आज बजार परिसुचक १८७१.८८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज कारोबार रकम पनि एक अर्ब पनि पुग्न सकेको छैन । सोमबार ९२ करोड २ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । आज व्यापार समूह २५.२२ अंकले वृद्धि भएको छ भने यस बाहेक अन्य सबै समूहहरु राताम्मे बनेका छन् ।
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताको हक हित र उत्थानका प्रतिवद्धता जनाउँदा पनि बजारमा रौनकता देखिन सकिरहेको छैन । लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा देखिएका छन् । उनीहरुले बजार सुधारका लागि ब्याजदर एक बिन्दुमा झार्नुपर्ने र लगानीमैत्री वातावरण निर्माणका लागि सुझाव समेत दिँदै आएका छन् । यता, अर्थमन्त्री डा. महतले सुझाव अनुसार नै लगानीकर्ताको मनोबल बढाउने गरि काम गर्ने प्रतिवद्धता समेत जनाएका थिए । उनले यस्तो अभिव्यक्तिपछि पनि बजार दोहोरो अंकले घटेको छ ।













