३० श्रावण २०८३, शनिबार

बैंकिङ कसूर मुद्दाका फरार गुल्मीका दिपक न्यौपाने पक्राउ



काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गुल्मी छत्रकोट गाउँपालिका ४ घर भई काठमाडौं कलंकी बस्ने ४९ वर्षीय दिपक न्यौपानेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ मंसिर २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २२ लाख ४४ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सिंहदरबारबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।