दुई वटा कार बेच्दै हिमालयन एभरेष्ट इन्योरेन्स
काठमाडौं । हिमालयन एभरेष्ट इन्योरेन्स कम्पनीले सवारी साधन बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो नाममा रहेको दुई वटा कार बिक्री गर्न लागेको हो ।
एक सूचना निकाल्दै कम्पनीले बा १६ च ७८३७ नम्बरको कार (रेनल्ट क्विीड) र बागमती प्रदेश ०१ २६ च ८५८५ जी (महेन्द्र स्कार्पियो) बेच्न लागेको हो । रेनल्ट क्विीड कारको दर्ता मिति २०७३ भदौ ४ गते र जीपको २०७८ मंसिर १३ गते रहेको छ ।
यी दुई सवारी किन्न इच्छुक व्यक्ति/फर्मले बोलपत्र फारम खरिद गरि १५ दिनभित्र रितपूर्वक बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले ति सवारी जे जस्तो अवस्थामा छ, सोही अवस्थमा गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्न लागेको हो । बोलपत्र फारम कम्पीको केन्द्रीय कार्यालय थापागाउँको व्यवस्थापन सेवा विभागमा बुझाउनुपनेैछ ।बोलपत्र फारम प्रतिकोटा पत्र २ हजार रुपैयाँ तोकिएको छ ।
सवारी साधानहरु नामसारी गर्दा लाग्ने कर दस्तुर, मु।अ.क १३ प्रतिशत लगायतका अन्य सम्पूर्ण खर्च सम्वन्धित खरिदकर्ताले स्वयमले व्यहोर्नुपर्ने कम्पनीलेजनाएको छ । सवारीको चेक जाँच गर्न चाहानेहरुले कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।













