१० श्रावण २०८३, आइतबार

लघुबीमाका लागि तोकियो सीमा: निर्जीवनले ५० लाख र जीवनले ५ लाखसम्मको बीमा गर्न सक्ने

लघुबीमाका लागि तोकियो सीमा: निर्जीवनले ५० लाख र जीवनले ५ लाखसम्मको बीमा गर्न सक्ने



काठमाडौं । लघुबीमा कम्पनीहरु बीमा गर्ने सिमा तोकिएको छ । नेपाल बीमा प्राधिकरणले संचालनमा आउन लागेका लघुबीमा कम्पनीहरुलाई बीमा गर्ने सीमा तोकिएको दिएको हो ।

सोमबार प्राधिकरणले लघुबीमा निर्देशिका २०७९ जारी गरेको छ । सोही निर्देशिका मार्फत प्राधिकरणले लघुबीमा गर्ने कम्पनीहरुको सिमा तोेकेको हो ।

निर्देशिका जारी गर्दै निर्जीवन लघुबीमामा अधिक्तम ५० लाख रुपैयाँसम्म बीमा गर्न सक्ने छन् । यता, जीवन लघुबीमा अधिक्तम ५ लाख रुपैयाँसम्मको बीमा गर्न सक्नेछन् ।

प्राधिकरणले निर्जीवन बीमा तर्फ घर, सम्पत्ति तथा व्यवसाय लघुबीमामा ५० लाख रुपैयाँको सिमा तोकिएको छ । यस्तै, इन्जीनेरिङ बीमामा पनि ५० लाख, दायित्व तथा मौद्रिक क्षति र अन्य प्रकारका लघुबीमामा ५ लाख रुपैयाँको सीमा तोकेको हो ।
मोटर लघुबीमामा ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटर अन्तरगत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मोपेड, ट्याम्पु, रिक्सा र ठेलगाडाको मात्रै बीमा गर्न पाइने प्राधिकरणले जनाएको छ । उनीहरुको मुल्यअनुसार बीमांक राखेर बीमा गर्न सकिने निर्देशिकामा उल्लेख छ । निर्जीवन लघुबीमाको अवधि भने अधिक्तम १ बर्षको राख्नुपर्नेछ ।

यता, जीवन लघुबीमामा ५ लाख रुपैयाँको अधिक्तम सिमा तोकिएको छ । जीवनतर्फ आजीवन, सावधिक, म्यादी र अन्य लघुजीवन बीमा गर्न सकिने निर्देशिकामा उल्लेख छ । जीवन लघुबीमाको अवधी भने न्यूनतम १ बर्ष हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्राधिकरणले सात वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको छ । प्राधिकरणले सातै प्रदेशमा एक एक वटा लघुबीमा कम्पनी हुने गरि लाइसेन्स दिइएको हो ।