एआइएमएको शोरुम अब नागपोखरीमा
काठमाडौं । एआइएमए विद्युतीय स्कुटरको शोरुम काठमाण्डौंको त्रिपुरेश्वरबाट नागपोखरी सरेको छ ।
भदौ देखि त्रिपुरेश्वरको शोरुमबाट बिक्रिवितरण गर्दै आइरहेकोमा अबदेखि नागपोखरीको शोरुमबाट विद्युतीय स्कुटरहरुको बिक्रिवितरण गरिने कम्पनीले बताएको छ । नागपोखरी देखि उत्तरढोका जाने सडकमा उक्त शोरुम सँचालित छ ।
इस्वि सम्वत् १९९९ देखि विश्व बजारमा आफ्नो उत्पादन शुरु गरेको एआइएमए कम्पनीले विगत ८ बर्षदेखि चीनमा सबैभन्दा बढी विद्युतीय स्कुटर बेचिरहेको रेकर्ड भएको कम्पनीले जनाएको छ ।
नेपालमा कम्पनीले ५ वटा मोडेलका स्कुटरहरु बिक्रिवितरण गरिरहेको छ । विशेषतः २ वटा मोडलको बिक्रि उच्च छ । टाइगर एक्स ११ (Tiger S5 र TIGER X611) मोडलको स्कुटीको बिक्रि सबैभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।
नयाँ बर्षको छुट गरी जम्मा रु. १ लाख ६० हजारमा बिक्रि भइरहेको Tiger S5 र ३ लाख ५ हजारमा बिक्रि भइरहेको टाइगर एक्स ६११(TIGER X611) को बजारमा निक्कै माग रहेको एआइएमए विद्युतीय स्कुटरको नेपालको आधिकारिक वितरक हिमाल इभि मोटर्स प्रालिका सिइओ गौरव बजाजले बताएका छन् ।













