टिभिएस मोटर्सको टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लु रंगमा, कति छ मूल्य ?
काठमाडौं । विश्वमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको प्रतिष्ठित निर्माता टिभिएस मोटर्सले आज टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रंगमा सार्वजनिक गरेको छ ।
यो रोमाञ्चक नयाँ रंग, युवावर्गले मनपराई दिनुभएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने छ । टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँछ । कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउँछ ।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने,“नेपालमा TVS NTORQ RT–Fi 125 Race Edition–Marine Blue मा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । स्मार्ट स्कूटर RT–Fi को समावेश संग एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। यो प्रक्षेपणको साथ हामी हाम्रा युवा ग्राहकहरूका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिबद्ध छौं ।”
लन्चको बारेमा बोल्दै कार्यकारी निर्देशक, श्री अखिल गुप्ताले, TVS NTORQ RT–Fi 125 ले हाम्रा युवावर्गको लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको छ । नेपालमा सबैभन्दा लोकप्रिय स्कुटर ब्रान्ड TVS NTORQ RT–Fi 125 Race एडिसन कोMarine Blueस्कूटर RT–Fi प्लेटफर्मले सुसज्जित छ । उत्कृष्ट प्रदर्शन, राम्रो वास्तविक थ्रोटल अनुभवले हाम्रा युवा ग्राहकहरूलाई पक्कै खुसी पार्नेछ ।”
टिभिएस एनटर्क १२५ रेस एडिसन १२४.८ cc, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कूल्ड SOHC, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ, जसले ६.९ kW @ २ ७,०००rpm÷९.३८ PS @ २ ७,०००rpm को अधिकतम पावर आउटपुट प्रदान गर्दछ । १०.५ Nm @ ५,५०० rpm को उच्चतम टर्क भएको रेस एडिसनले ९५ किलोमिटर प्रतिघण्टाको टप स्पीड प्रदान गर्छ र केवल ९ सेकेन्डमा ०–६० किमी प्रतिघण्टाको गति बढाउँछ ।
मरीन ब्लू कलरमा उपलब्द नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।













