अरुण भ्याली हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बैशाख ६ गते बसेको संचालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्न निर्णय गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बरारबको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगमा पुर्व स्वीकृतिको लागि आवेदन गर्ने निर्णय गरेको छ । उक्त हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम मध्येबाट ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावरले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि आवश्यक पर्ने स्वपुँजिको लागि हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निणर्य गरेको छ ।













