एनआईबीएल एस क्यापिटल लिमिटेड र डियरवाक अटो सर्भिसबिच सम्झौता
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र डियरवाक अटो सर्भिस बिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा मार्फत कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस योजना अन्तर्गत, डियरवाक अटो सर्भिस प्रा.लि.का विभिन्न तहका कर्मचारीहरुले आफुले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन्।
उक्त सम्झौतामा डियरवाक अटो सर्भिस प्रा.लि.का तर्फबाट कम्पनिका प्रमुख कार्यकारी अधिकृत दबे श्रेष्ठ र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीको म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेतले हस्ताक्षर गरेका छन् ।













