हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बोर्डले दियो अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बोर्डले दियो अनुमति



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ७५ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति दिएको हो ।

कम्पनीले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग माग गरेको छ । हिमाल दोलखाको चुक्ता पुँजी हाल १ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

उक्त पुँजीबाट कम्पनीले ७५ प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।


प्रतिक्रिया दिनुहोस्