१० श्रावण २०८३, आइतबार

नेपाल पुनर्बीमा कम्पनीले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल पुनर्बीमा कम्पनीले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको बैशाख १७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ,।