‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ मा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स सुपर ३० म्युचुअल फण्डमा आवेदन दिने आज (बैशाख २० गते) अन्तिम दिन रहेको छ ।
क्यापिटलले बैशाख ६ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन तथा बिक्री खुला गरेको हो ।जसमा मध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजना हो । योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ । यस निष्कासनमा न्यूनतम ५० प्रतिशत अर्थात ५ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिनेछ । यसको अवधि १० वर्षको रहेको छ । कम्पनीको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।













