एनएमबि क्यापिटलले ‘एनएमबि सरल बचत फण्ड’ निष्काशन गर्न, बोर्डले दियो अनुमती
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएमबि क्यापिटललाई बन्दमुखी लगानी कोष योजना निष्काशनको लागि अनुमति दिएको छ ।
बोर्डले बैशाख १९ गते क्यापिटललाई सोही अनुमती दिएको हो। निष्काशन अनुमति पाएका १३ कम्पनी मध्ये चार खुलामुखी योजना रहेका छन् ।
क्यापिटलको एनएमबि सरल बचत फण्ड नामकको खुलामुखी सामुहिक लगानी कोषलाई सर्वसाधारणमा इकाई निष्काशनको अनुमती दिएको नेपाल धितोपत्र बोर्डले अनुमती दिएको हो ।
कम्पनीको अनुसार उक्त योजना १ अर्वको रहेने छ । क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले सर्वसाधारणलाई बिक्रि गर्नेछ । यो योजनाको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।













