वैदेशिक रोजगार बीमाबाटै उठ्यो साढे दुई अर्ब बीमाशुल्क, १४ लाख ५९ हजार बीमालेख सक्रिय
वैदेशिक रोजगार बीमाबाटै उठ्यो साढे दुई अर्ब बीमाशुल्क, १४ लाख ५९ हजार बीमालेख सक्रिय
काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपाल कामदारको साढे १४ लाख बढी बीमालेख सक्रिय छन् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको चैत मसान्तसम्ममा बैदेशिक रोजगार बीमा अन्तर्गत १४ लाख ५९ लाख ३१५ पोलेसी सक्रिय छन् । बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ । सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो । पछिल्लो समय बैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ ।
हाल नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरशेन (एलआईसी नेपाल), सुर्याज्योति लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, सिटीजन लाइफ, सानिमा लाइफ र प्रभु लाइफले वैदेशिक रोजगार बीमा गरिरहेका छन् ।
बैदेशिक रोगजार बीमा मार्फत २ अर्ब ४७ करोड ९५ लाख ३३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । जुन गत फागुन मसान्तसम्ममो तुलनामा ११.१२ प्रतिशत अर्थात २४ करोड ८२ लाख रुपैयाँले बढी हो । गत फागुनसम्ममा बैदेशिक रोजगार मार्फत २ अर्ब २३ करोड १३ लाख १८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । सो महिनामा १३ लाख ९३ लाख ९५६ वटा बीमालेख सक्रिय रहेको थियो ।
चालु आवको ९ महिनामा वैदेशिक रोजगार बीमाको दायित्व (बीमाङ्क रकम) ३ अर्ब ३८ करोड ५५ लााख ९० हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा सबैभन्दा धेरै बीमा शुल्क सन नेपाल लाइफले उठाएको छ । चालु आवको चैत समान्तसम्ममा कम्पनीले बैदेशिक रोजगार बीमा मार्फत ८९ करोड ६६ लाख ८० हजार बीमा शुल्क संकलन गरेको छ । कुल सक्रिय बीमालेखको संख्या भने ७ लाख ११ हजार ४२५ वटा रहेको प्राधिकरणको तथ्याङ्क उल्लेख छ ।
दोस्रो स्थानमा रहेको सूर्यज्योति लाइफले २ लाख ८२ हजार ७ सय बीमालेख बिक्री गरेको छ । कम्पनीले बैदेशिक रोजगार बीमा मार्फत सो बराबरको बीमालेख बिक्रीबाट ३६ करोड ४९ लाख ६९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
तेस्रो स्थानमा रहेको आइएमई लाइफले ३३ करोड ४६ लाख ३४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बैदेशिक रोजगारी बीमा अन्तर्गत ८४ हजार १०३ वटा पोलेसी बिक्री गरेको छ ।
यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले भने २७ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले समिक्षा अवधिमा १ लाख ३७ हजार ५४ वटा बैदेशिक रोजगार बीमालेख बिक्री गरेको छ ।
समिक्षा अवधिमा सिटिजन लाइफ १६ करोड ११ लाख रुपैयाँ, सानिमा लाइफ १५ करोड ६ लाख, रिलायवल नेपालले १२ रकोड २१ लाख र नेशनल लाइफले १० करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भएका छन् ।
मर्जर अघि चैत ८ गतेसम्मको छुट्टाछुट्टै र मर्जरपछि सानिमा लाइफको चैत महिनामा गरेको व्यवसायको विवरण समावेश गरिएको प्राधिरकणले जनाएको छ । सोही अनुसार सानिमा रिलायन्सले भने ६२ लाख ६९ हजार रुपैयाँ बीमा शुल्क संलकन गरेको छ। चैत मसान्तसम्ममा कम्पनीले १ हजार ५२५ वटा बैदेशिक रोजगार बीमालेख बिक्री गरेको थियो ।













