८ श्रावण २०८३, शुक्रबार

ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट: भाग्यमानी ९ जनाले पाए ११/११ कित्ता, तपाईलाई पर्यो त ?



काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय ठमेलमा बिहान ९ बजे बाँडफाँट भएको हो।

कम्पनीको आइपीओमा १२ लाख ५९ हजार ९०१ जनाले कुल १ करोड ३७ लाख ८० हजार ८०० कित्ता लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको थियो ।

गोलाप्रथाबाट बाँडफाँट गर्दा १ लाख २६ हजार ८६३ आवेदकले १०।१० कित्ता सेयर पाउनेछन् । तिनै मध्य ९ जना आवेदनले थप १/१ कित्ता गरी ११ कित्ता सेयर भएका छन् ।

कम्पनीले बैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

सो सेयरमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ । यस्तै, २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि र ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । कुल १२ लाख ६८ हजार ६३९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्