एनआईबिएल एस क्यापिटलद्धारा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्राली र पायोनियर ल एसोसिएट्सको सहकार्यमा मे ८, २०२३ सोमबार बिरगन्ज स्थित क्लार्क रिर्सोटमा रोड टु आईपीओ कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा प्रायोजकको रुपमा रहेको डाएनामिक टेक्नोसफ्ट प्रालीले आफ्नो व्यानर प्रदर्शनी गरेको थियो ।
एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्राली र पायोनियर ल एसोसिएट्सले बिरगञ्जको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको लागी यस्तो कार्यशाला आयोजना गरेको हो ।












