सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बाँडफाँट
काठमाडौं । सिटिजन्स सुपर ३० म्युचुअल बाँडफाँट भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को आज (बैशाख ३१ गते) बाँडफाँट गरेको हो ।
बैशाख ६ गते देखि बैशाख २० गतेसम्म निष्काशन गरिएको फण्डमा कुल ७५ करोड आवेदन रकम प्राप्त भएको थियो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन तथा बिक्री खुला गरेको थियो ।जसमा मध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाईका सर्वसाधारणका लागि खुलाएको थियो ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजना हो । योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ । यसको अवधि १० वर्षको रहेको छ । कम्पनीको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।













