सेञ्चरीलाई प्राप्ति पछि शक्तिशाली बन्यो प्रभु क्यापिटल, चुक्तापूँजी १ अर्ब २० करोड
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र सेञ्चरी क्यापिटल लिमिटेड एक आपसमा मर्ज भएका छन् । दुई क्यापिटल एक आपसमा मर्ज भए पश्चात मर्जरमा जाने पहिलो मर्चेन्ट बैंक बनेका छन् । माउ संस्था (प्रभु बैंकले र सेञ्चुरी बैंक) एक आपसमा मर्ज भएपछि प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभेर आजदेखि प्रभु क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई सेयर स्वाप अनुपात १ः१ रेसियोमा प्राप्ति गरेको हो । बैशाख ९ गते छुट्टाछुट्टै विशेष साधारण सभाले प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभ्ने प्रस्ताव पारित गरिसकेको छ । सेञ्चुरी क्यापिटललाई गाभेपछि मर्चेन्ट बैंकमा पूँजीका हिसावले सबैभन्दा ठूलो क्यापिटल बनेको छ । प्रभु क्यापिटलले २०७३ सालदेखि प्रभु बैंकको सहायक कम्पनीको रुपमा सञ्चालन हुँदै आइरहेको छ । मर्जर अगाडी प्रभुको चुक्ता पूँजी १ अर्ब र मर्जर पश्चात १ अर्ब २० करोड कायम भएको हो । जसमा प्रभु बैकको ६८ करोड रुपैयाँ लगानी रहेको छ भने अन्य व्यक्ति तथा संस्थाको ४३ करोड रुपैयाँ लगानी रहेको छ ।
यी दुई क्यापिटलले तीन महिना पछि एकीकृत कारोबार सफल गरी उद्घाटन गरेका हुन । मर्ज पछि प्रभु क्यापिटलमा ५७ कर्मचारी, नेवटर्थ १०४ रुपैयाँ ३० पैसा, म्युचुअल फण्डहरुमा प्रभु सेलेक्ट फण्डको १०.२० रुपैयाँ र प्रभु स्मार्ट फण्डको १०.०१ न्याभ ३०९३ करोड अण्डरराइटिङ गर्न सक्ने क्षमता र डिम्याटको संख्या २ लाख २४ हजार रहेको प्रभु क्यापिटलका अध्यक्ष एलपि भानु शर्माले बताए ।
उनले क्यापिटलको सर्वसाधारण सेयर जारी गर्ने निष्काशनको रहेको बताएका छन् । प्रभु क्यापिटलले सुरु देखि नै पूँजी बढाउनु पर्छ भन्ने अवधारण बनाउँदै आएको हुदाँ क्यापिटलको सेवा र अनुशासन पालना पनि चुस्तदूरुस्त रुपमा अगाडि बढि रहेको बताए ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ६०।६५ रुपैयाँ नेटवर्थ भएका कम्पनीहरुले पनि १०० रुपैयाँमा आइपिओ निष्काशन गर्नु गलत रहेको बताएका छन् । अण्डरराइटिङको समस्या बजारमा क्रान्तिकारी परिवर्तन ल्याउनु आवश्यक रहेको उनको तर्क थियो । हमालले दिनमा आइपिओको फाइल स्वीकृतमा १५÷१६ महिना लाग्ने गरीकोमा आफु आएदेखि महिनामा औषतमा पनि ४ वटा स्वीकृत दिइरहेका गरी रहेको बताए । एउटा आइपिओ निष्कासनको अनुमति ४० दिन भन्दा धेरै समय लाग्न नहुने उनको भनाइ थियो ।
शर्माले ठूलो आकारको पूँजी सहित एक सवल संस्थाको रुपमा प्रतिष्पर्धी सेवा प्रदान गर्दै पूँजी वजारको विकासलाई टेवा पुयाउने उद्देश्यसहित मर्जर गरिएको बताउँदै मर्जरको उद्देश्य प्रष्ट पारे ।
प्रभु बैंक र सेञ्चुरी बैंक मर्जरमा गएसँगै दुबै बैंकका सहायक कम्पनी क्यापिटल मर्जमा गएका हुन् । तर मर्जरमा गएका अन्य बैंकका क्यापिटलहरु भने अहिलेसम्म मर्जरमा जान सकेका छैनन् । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंक नियमावली २०६४ संशोधन अनुसार बैंक तथा वित्तीय संस्थाको सहायक कम्पनीका रूपमा काम गर्दै आएका मर्चेन्ट बैंक मुख्य कम्पनी मर्जरमा गएको खण्डमा सहायक कम्पनी पनि जानुपर्ने ब्यवस्था रहेको छ । मर्जरमा गएका नेपाल मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक तथा कुमारी बैंक र एनसिसि बैंक तथा ग्लोबल बैंक र बिओके बैंक तथा सिभिल बैंक र हिमालयन बैंकका सहायक कम्पनी अझै मर्जरमा जान सकेका छैनन् ।













