बैंकहरुको ब्याजदर ८ प्रतिशत कायम गर्नुपर्छ: सांसद सिंह
काठमाडौं । सांसद दिपक बहादुर सिंहले बैंकको ब्याजदर एकल अंकमा ल्याउने माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सांसद सिंहले आर्थिक मन्दीले थलथलमा परेको उद्योग व्यवसायलाई बचाउन पनि ब्याजदर तत्काल एकल अंकमा ल्याउन माग गरेका हुन् ।
हाल वाणिज्य बैंकहरुले लगाएको ब्याजदर घटाउनुपर्नेमा उनको जोड थियो । उनले भने,– ‘यो थलथलमा परेको उद्योगलाई बाँच्ने आधार दिनुपर्छ । त्यसका लागि बैंकहरुको ब्याजदर सिंगल डिजिजमा ल्याउन आवश्यक छ ।’
उनले भारत सरकारले आफ्ना उद्योगी, व्यापारीका लागि ७/८ प्रतिशतको ब्याजदरमा लोन दिएको तर, नेपालमा भने १३ देखि १४ प्रतिशत ब्याज तिरेको बताए ।
उनले भने,– ‘भारतले आफ्ना उद्योगी व्यसायीलाई ७/८ प्रतिशतमै ऋण दिने गरेको छ । तर, नेपालमा भने १३ देखि १४ प्रतिशत ब्याज तिर्ने गरेका छन् । यो हामीले धान्न सक्दैनौं ।’ उनले थपे,– ‘प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर ज्यूलाई भन्न चाहान्छु चाँडो भन्दा चाँडो ब्याजदर सिंगल डिजिजमा ल्याउन माग गर्दछु ।’
ब्याजदर घटाएर मात्रै उद्योगी व्यवसायी बाच्न सक्ने उनको तर्क थियो । उद्योग बन्द हुँदा हजारौंको रोजगारी गुम्ने र देश आर्थिक संकट तर्फ जाने उनले बताए । यसअघि पनि पटक पटक ब्याजदर घटाउन माग गरेको उनको भनाई थियो । ब्याजदर ८ प्रतिशतसम्म कायम गर्न उनले माग गरे ।













