अर्थ समितिको निर्देशन पछि लगानीकर्ता रुष्ट, १२ वटै संगठनका अध्यक्षहरु छलफलमा
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण रोक्न निर्देशन दिएको छ ।
उक्त निर्देशन पछि लगानीकर्ता रुष्ट बनेका छन् । जारी निर्देशन बारे तथा लगानीकर्ताको तर्फबाट एकीकृत रुपमा मौद्रिक नीतिका लागि सुझाव तयार गर्न १२ वटै संगठनका अध्यक्षहरु छलफलका लागि बोलाएको लगानीकर्ता रोहन कार्कीले बताए । संगठनका अध्यक्षहरु आज ३ः१० बजे कमलपोखरीको लसुन रेस्टुरेन्टमा छलफलका लागि बोलाएको हो ।
समितिको सोमबार बसेको बैठकले बजारमा विस्तृत अध्ययन गरि अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेञ्जको स्थापना सम्वन्धी कामकारबाहीलाई अगाडी नबढाउन अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको थियो ।












