८ श्रावण २०८३, शुक्रबार

असार ७ गतेदेखि आइपीओ निष्कासन गर्दै अप्पर लोहोरे खोला हाइड्रोपावर



काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आगामी असार ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये ५० प्रतिशत अर्थात २ लाख ५४ हजार९०२ कित्ता साधारण सेयर आयोजना अति प्रभावित क्षेत्र नौमुले गाँपालिका– ३ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ । बाँकी ५० प्रतिशत सो बाहेकका सम्पूर्ण दैलेख जिल्लाबासीहरुका लागि बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १ करोड ९८ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको १ लाख ९८ हजार ८२४ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असार २१ गते र ढिलो साउन ५ गते हुनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार २१ गतेभित्र आवेदन दिनपर्नेछ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्