२८ श्रावण २०८३, बिहिबार

उर्जा उत्पादनमा निजि क्षेत्र सक्षम छ, विद्युत व्यापारको बाटो पनि छिट्टै खुलाईयोस्: अध्यक्ष आर्चाय



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष कृष्ण प्रसाद आचार्यले उर्जा उत्पादनमा निजी क्षेत्र सक्षम रहेको बताएका छन् ।

इप्पानको २१औं बार्षिक साधारण सभामा बोल्दै अध्यक्ष आचार्यलय यस्तो बताएका हुन् । उनले भने,–‘उर्जा क्षेत्र नै मुलुक समृद्धिको मुख्य मेरोदण्ड हो । निजी क्षेत्र उर्जा उत्पादनमा सक्षम छ ।’

निजी क्षेत्र उर्जाको विकास गर्दै देशको समृद्धि तर्फ अघि बढेको उनले बताए । ‘विकासको बाटोमा हामि अगाडि बढीरहेका छौं । त्यसका लागि उर्जा क्षेत्रमा ठूलो फड्को मार्नुपर्ने छ’–उनले भने ।

उर्जा निजि क्षेत्रको हातमा आउने बित्तिकै निकै ठूलो सुधार भएको उनको दावी छ । तर, यसको समृद्धिका लागि सरकारले स्वदेशी उद्योगलाई सहजिकरण भुमिका खेल्नुपर्ने उनको भनाई थियो ।

सोही अवसरमा अध्यक्ष आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उर्जामय भएकोमा खुसी व्यक्त गरे । उनले भने,–‘अन्य प्रधानमन्त्रीको भारत भ्रमण कुटनीतिक बढी हुने गरेका थिया । तर, प्रधानमन्त्री प्रचण्डको भ्रमण उर्जामय भयो । यसले उर्जा क्षेत्रमा ठूलो काम भयो ।’

भारतसँग भएको समझौता सम्भव होला भन्ने प्रश्न अहिले बजारमा उठि रहेको उनले बताए । उनले भने, ‘सुरुमा ४० मेगावाट विद्युत भारत जादा यो क्रम बढ्ला र भनेर प्रश्न हुने गरेको भन्दै त्यो बढेर ४०० पुगेको र अब बढेर १० हजार र त्योभन्दा पनि बढछ । त्यसका लागि सरकारले अन्तरदेशीय प्रशारणा लाइन बनाउनुपर्छ ।”