१९ श्रावण २०८३, मंगलबार

विद्युत विधेयक तत्काल संसदमा लैजान्छौं : उर्जा मन्त्री बस्नेत



काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य लिएको बताए ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २१औं बार्षिक साधारण सभालाई सम्वोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । सरकारले आगामी १० वर्षमा १० हजार विद्युत बिक्री गर्ने लक्ष्य लिएको छ । तर, मन्त्री बस्नेतले भने १५ हजार मेगावटा विद्युत बिक्री गर्ने गरि वातावरण मिलाउने बताएका हुन् ।

भारतसँग उर्जा सम्बन्धि भएका सम्झौताका कागजमा मात्र सिमित राख्न नभइ कार्यन्वयन गर्न आधार सहित गरिएको बस्नेतले बताए । उनले विद्युत व्यापार भारत र बंगलादेश बाहेक अन्य मुलुकमा पनि गर्ने जानकारी गराए ।

उनले भने,–नेपालबाट १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य लिएका छौं । विद्युत व्यापार भारत, बंगलादेशसंग गरिएको छ। अब अन्य देशमा पनि गछौं ।

सरकारले बिधुत बिक्री गरि व्यापार मात्र गर्न उद्देश्य नराखि स्वदेशी मै खपत बृद्धि गर्ने पनि रहेको बताए । उनले भने, ‘सरकारले विधुतमा व्यापार मात्र गर्ने लक्ष्य राखेको छैन । आन्तरिक खपत कसरि बढाउने भनेर गुरु योजना बनाएर कार्यन्वयनमा जान्छौ’ उत्पादन कति गर्न सकिन्छ र त्यसको आधारमा पुर्वाधार निर्माण सरकार प्रतिबद्ध छ । सबै कुराको एकिकृत योजना बनाउछौ’ ।

बिधुत उत्पादनका लागि लगानियोग्य वातावरण उहिलेको आवश्यकता रहेको उनको तर्क थियो । “विधुत उत्पादनका लागि लगानियोग्य बातावरण आवश्यक पर्छ । सेवा चुस्तदुरुस्त हुनु पर्छ, लगानि योग्य वातावरण बनाउनु पर्छ भन्ने कुरा सरकार स्पष्ट छ सरकारले गरेको लक्ष्य हासिल गर्न हातेमालो गरौ तपाईंको हरेक समस्या समाधानका लागि सरकारले पहल गर्छ” मन्त्री बस्नेत भने ।

मन्त्री बस्तेतले ट्रान्समिसन लाइन विस्तारको गति बढाउनेपर्नेमा जोड दिए । जलविद्युतमा लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी जटिलतालाई फुकाउने उनको भनाई थियो । विद्युत विधेयक तत्काल संसदमा लैजाने बताए ।

उनले भने,– ‘जलविद्युतमा लगानीमैत्री वातावरण निर्माणका लागि कानूनी जटिलतालाई फुकाउँछौं । विकासका लागि उर्जा अभियान सुरु हुन्छ । विद्युत विधेयक तत्काल संसदमा लैजान्छौं ।’