“११ प्रतिशत महालक्ष्मी डिबेन्चर, २०६९” को रजिष्ट्रार कार्य एनआइसी एशिया क्यापिटलले गर्ने
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड बीच “११ प्रतिशत महालक्ष्मी डिबेन्चर, २०६९ को रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
दश वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको प्रति ऋणपत्र एक हजार अंकित मूल्यको १० लाख कित्ताले हुन आउने १ अर्व रुपैयाँ बराबरको “११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९ को रजिष्ट्रार सेवा उपलब्ध गराउने दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
उक्त डिबेन्चर रजिष्ट्रार सेवा अन्तर्गत बाँडफाँटमा ऋणपत्र पर्न सफल भएका लगानीकर्ताहरुको ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको ऋणपत्रहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, ऋणपत्रधनीहरुको लगत अध्यावधिक गरि राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु क्यापिटलको कार्यालय ट्रेड टावर नेपाल, थापाथली ११, काठमाण्डौ मार्फत हुनेछ ।
साथै, क्यापिटलको “IDEA to IPO“ सेवा अन्तर्गत जुन सुकै अवस्था र जुनसुकै चरणमा रहेका कम्पनीहरुलाई क्ष्एइ जारी गर्ने तहसम्म पुयाई सर्वसाधारणमा शेयर जारी गर्ने सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउदै आइरहेको छ ।













