हिमाल दोलखाको हकप्रद सेयरमा ३० हजार ६९८ जनाको आवेदन, कहिलेसम्म भर्ने पाइन्छ ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमाल दोलखाको हकप्रद सेयरमा ३० हजार ६९८ जनाको आवेदन, कहिलेसम्म भर्ने पाइन्छ ?



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा ३३ करोड ७३ लाख ८५ हजार ४०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार ४ गते गते साँझ ४ः४४ बजेसम्म ३० हजार ६९८ जना आवेदकले ३३ लाख ७३ हजार ८५४ कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले जेठ २२ गतेदेखि हकप्रद हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०।७५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर कम्पनीले निष्कासन गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बैसाख २७ गते बुकक्लोज गर्ने भएको हुदाँ बैसाख २६ गतेसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

योग्य आवेदनहरूले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम साखाबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण साखामार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर सफ्टेयर र एपमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्