थ्रीस्टार हाईड्रोपावरको आइपीओ आजदेखि बिक्रीमा, ५० हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुल गर्ने भएको हो ।
यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले कुल कित्ता आईपीओमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषमा र १४ हजार ७७५ कित्ता आईपीओ कर्मचारीका लागि बाँडफाँट गरिसकेको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्रीमा ल्याउने भएको हो ।
लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा छिटोमा असार ८ गते र सो अवधिमा माग बमोजिम नपरेको खण्डमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।













