उद्योग वाणिज्य महासंघको उद्योग समितिको उप–सभापतिमा घिमिरे मनोनित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको उपसभापतिमा नानीराज घिमिरे मनोनित भएका छन् ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको उद्योग समितिको उप सभापतिमा घिमिरेलाई मनोनित गरेका हुन् । उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो ।
उद्योग समितिलाई पूर्णता दिनका लागि गरिएको एक कार्यक्रममा अध्यक्ष ढकालले मनोनयन पत्र हस्तान्तरण गरेका हुन । मनोनित हुने व्यक्तित्वहरुले महासंघलाई सशक्त रुपमा अगाडी बढाउनका लागि तथा महासंघमा महत्वपूर्ण योगदान पुर्र्याउने ढकालले विश्वास व्यक्त गरे ।
्













