अपि पावरले १ अर्ब ६५ करोडको हकप्रद सेयर निष्कासन गर्ने, बोर्डले दियो अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अपि पावरले १ अर्ब ६५ करोडको हकप्रद सेयर निष्कासन गर्ने, बोर्डले दियो अनुमति



काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले असार ६ गते अनुमति दिएको हो ।

कम्पनीले १:०.४० को अनुपातमा हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले चुक्तापूँजीको १ : ०.४० को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

.


प्रतिक्रिया दिनुहोस्