२७ श्रावण २०८३, बुधबार

नुवाकोट तारकेश्वर गाउँपालिकाको बेथितीप्रति एमालेको प्रतिरोध, बुझायो ५३ बुँदे ध्यानाकर्षण पत्र



काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाको बेथेति विरुद्ध नेकपा एमालेले प्रतिरोध गरेको छ । गाउँपालिकमा भएका बेथेति र नीतिगत समस्या सच्याउन नेकपा एमाले तारकेश्वर गाउँ कमिटि नुवाकोटले माग गरेको हो ।

कमिटिले बुधवार तारकेश्वर गाउँपालिकाका अध्यक्षलाई ५३ बुँदे ज्ञापनापत्र बुझाएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी र उपाध्यक्ष हरि रिमाललाई एमाले गाउँ कमिटि अध्यक्ष केशव घिमिरेको नेतृत्वमा गएको प्रतिमण्डलले सो ध्यानाकर्षणपत्र बुझाएको हो ।

गाउँपालिका भवनका सवालमा जग्गाको व्यवस्थापन र बजेट सहितको टेन्डर प्रकृयासम्म पुर्याएर छोडेको काम अबिलम्ब सम्पन्न गर्न माग गरेको छ ।

आगामी गाउँ सभामा पेश हुने निति तथा कार्यक्रमहरु र बजेट नितिगत रुपमा पेश गर्ने र सुत्रमा जानु पुर्व दफावार छलफल गरि पुन: गाउँ सभामा लगी पास गराउन पर्ने कानुनी बाटो अबलम्वन नगरी एक मुष्ट बजेट राखी मनोगत ढङ्गले सुत्रमा पठाउने कुरामा एमाले जोडदार बिरोध गरेको छ । त्यसलाई कानुनले तोके बमोजिम दफावार छलफल पश्चात पुन: गाउँ सभा राखी समय सिमा भित्रै सुत्रमा पठाउने व्यवस्था गर्न माग गरिएको छ ।

सूचनाको हक अन्तर्गत पर्ने आफ्नो अधिकार क्षेत्र भित्र प्रयोग गरी नेकपा एमालेबाट निर्वाचित तिन वटा वडा अध्यक्षहरुले लिखित रुपमा माग गरेको आ.व. २०७९/०८० को आम्दानी खर्च हिसाब झन्डै एक महिनासम्म पनि कार्यालयबाट उपलब्ध नगराएको एमालेले जनाएको छ । समयमा आम्दानी खर्च विवरण नदिनुले गाउँ कार्यपालिका भित्र अनियमिता छ भन्ने कुराको पुष्टी गर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । उक्त हिसाब सार्वजानिक गर्न जोडदार माग गरेको छ ।

ज्ञापनपत्रमा पालिका प्रहरी खारेज गरी वार्षिक हुन जाने २० लाख रुपैयाँ खर्च रकम विकास निर्माण विनियोजन गर्न सुझाव दिएको छ । यस्तै, विविध शिर्षकमा भइरहेको वार्षिक रु ३० लाख खर्च न्यूनिकरण गरी विविध क्षेत्रको खर्चमा न्युनता ल्याउन, पाइप वितरण, दिर्घ रोगीहरु लाई औषधी उपचारको लागी आर्थिक सहायता वितरण, विपद् व्यवस्थापनमा आर्थिक सहायता वितरणको लागी उचित मापदण्ड बनाई आवश्यकता र औचित्यताको आधारमा बिबाद रहित रुपमा न्यायोचित रुपमा वितरण गर्न एमालेको माग छ ।

पुर्ववर्ती सरकारले तत्कालिन आवश्यकतालाई परिपुर्ति गर्नका खातिर विधि र प्रकृया पुर्याएर नियुक्ती गरेका कर्मचारीहरु आस्थाको आधारमा निस्कासन गरि अनावश्यक रुपमा धेरै करारको कर्मचारीहरु राजनितिक आस्थाको आधारमा नियुक्ती गरिएको एमालेको आरोछ । त्यसलाई आवश्यक, उपयुक्त र निसपक्ष कानुनी र न्यायिक रुपमा आवश्यक र योग्य करार कर्मचारी कायम माग गरेको छ ।

कार्यलयका सामाग्रीहरु मर्मत को शिर्षकमा विनियोजित बजेट सदुपयोग नभएकोले कार्यालय सामाग्री मर्मत खर्च, विज्ञापन तथा सूचना प्रशारणका नाममा सस्तो लोक प्रियता कायम गर्न राखिएका अनावश्यक बजेटहरु, भ्रमण तथा वनभोज जस्ता अनुत्पादनशिल क्षेत्रमा विगतको वर्षमा बजेट विनियोजन भई अनावश्यक खर्च भएकोले यस आ.व. २०८०/०८१ मा सो बजेट कटौती गर्न माग गरेको छ ।

यस्ता छन् एमाले गाउँ कमिटि तारकेश्वरले दिएका ५३ बुँदे सुझावहरु :