किन बढ्दैं छ सुदूरपश्चिममा रोजगारीका लागि विदेशीने संख्या ? यस्ता छन् सम्भावना र चुनौति !
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्ध वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार सुदूरपश्चिममा स्वदेशमै रोजगारीका लागि चुनौति रहेको औल्याएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु दार्चुला, बझाङ, अछाम, बैतडी तथा बाजुराबाट नेपालीहरु भारतका विभिन्न राज्यमा मजदुरी गर्न जाने परम्पराको अन्त्य गरी स्वदेशमै पर्याप्त रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्ने प्रतिवेदनमा भनेको छ ।
बेरोजगार व्यक्तिहरूलाई कृषि सहकारी वा कृषक समूहको माध्यमबाट कृषि पकेट क्षेत्रहरूको विकास गरी कृषि पेशालाई सम्मानजनक, मर्यादित र प्रतिष्ठित बनाई कृषि क्षेत्रमा थप रोजगारीका अवसरहरू सृजना गरी कृषिमा आत्मनिर्भर बनाउन सकिने राष्ट्र बैंकले भनेको छ ।
सम्भावना
▪ बेरोजगार व्यक्तिहरूलाई कृषि सहकारी वा कृषक समूहको माध्यमबाट कृषि पकेट क्षेत्रहरूको विकास गरी कृषि पेशालाई सम्मानजनक, मर्यादित र प्रतिष्ठित बनाई कृषि क्षेत्रमा थप रोजगारीका अवसरहरू सृजना गरी कृषिमा आत्मनिर्भर बनाउन सकिने ।
▪ निर्माण क्षेत्रमा दक्ष जनशक्तिको रूपमा काम गर्ने ईलेक्ट्रिसीयन, प्लम्बर, पेन्टर, कारपेन्टर आदी लगायत अन्य श्रमिक मजदुरहरू अधिकांश छिमेकी भारतीय राज्यका रहेका छन् । यी क्षेत्रमा नेपाली श्रमिक मजदुरहरू अदक्ष कामदारको रूपमा काम गर्ने गर्दछन्। यस क्षेत्रमा रोजगारीका सम्भावनाहरू प्रशस्त रहेकोले बजारको मागको आधारमा थप दक्ष, सीपयुक्त जनशक्ति तयार गरी बजारमा दक्ष जनशक्तिको आपूर्ति गर्न सक्ने सम्भावना रहेको ।
▪ प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत विभिन्न किसिमका सीपमूलक, रोजगारमूलक, व्यावसायिक तथा प्राविधिक तालिमहरूको माध्यमबाट दक्ष, सक्षम र उत्पादनशील जनशक्ति उत्पादन गर्न सकिने ।
▪ सुदूरपश्चिम प्रदेशकोप्राकृतिक, धार्मिक, मौलिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदा, हिमाली मनोरम दृश्य, पर्वतारोहण, पदमार्ग, निकुञ्ज, जल सम्पदा आदि पर्यटनको मुख्य आधार क्षेत्र रहेको छ । यी सम्पदाहरूको संरक्षण, संवद्र्धन र विविधीकरण गरी नयाँ नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास, प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा थप रोजगारी सिर्जना गर्न सक्ने सम्भावना रहेको ।
चुनौति
▪ सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु दार्चुला, बझाङ, अछाम, बैतडी तथा बाजुराबाट नेपालीहरु भारतका विभिन्न राज्यमा मजदुरी गर्न जाने परम्पराको अन्त्य गरी स्वदेशमै पर्याप्त रोजगारीका अवसरहरु सिर्जना
गर्नु ।
▪ श्रम तथा रोजगारीको हक कार्यान्वयन गर्नु ।
▪ उत्पादनशील क्षेत्रमा रोजगारीका अवसर पहिचान र सृजना गर्नु ।
▪ अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक क्षेत्रको दायरामा ल्याउनु ।
▪ श्रम बजारको माग अनुरूप सीपयुक्त श्रम शक्तिको विकास गर्नु ।
▪ शिक्षालाई व्यावहारिक र रोजगारमूलक बनाई उद्यमशीलता विकास गर्नु ।
▪ श्रमिक र रोजगारदाता बीच सु–सम्बन्ध स्थापित गर्नु ।
▪ श्रम निरीक्षण र नियमनलाई प्रभावकारी बनाउनु ।













