दिब्यश्वरी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीको असार १० गते बसेको संचालक समितिको बैठकले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको चुक्तापूँजीको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
सोहि बैठकले विद्युत नियमन आयोगबाट सहमति लागि पेश गर्ने निर्णय समेत गरेका हो । आयोगको स्वीकृति अनि नेपाल धितोपत्र बोर्डको अनुमतिपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।













