सिटिजन्स बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न, बोर्डसँग माग्यो अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिटिजन्स बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न, बोर्डसँग माग्यो अनुमति



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड आवेदन दिएको हो ।

कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डमा असार ८ गते निवेदन दिएको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्