एनआईबिएल एस क्यापिटलको एकिकृत कारोवार आजबाट सुरु
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति पछि आजबाट एकिकृत कारोवार सुरु भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको नामबाट एकीकृत व्यावसाय तथा कारोबार सञ्चालन भएको हो ।
दुवै संस्थाहरुकोे जेठ २९ गते सम्पन्न विशेष साधारण सभाको निर्णयद्घारा पारित प्रस्ताव बमोजिम एनआईबिएल एस क्यापिटल लिमिटेडमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गर्ने निर्णय गरेको र गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व समेत आपूmले सकार्ने निर्णय समेत गरेको छ ।
प्राप्ति पश्चात कम्पनीको चुक्ता पूँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालयहरु र ५५ वटा भन्दा बढी कम्पनीको शेयर रजिष्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढी शेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ । प्राप्ति (एक्विजिसन)पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेण्ट बैंकिंग व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भईरहेका सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास समेत क्यापीटलले लिएको छ ।
प्राप्ति (एक्विजिसन) पश्चात साविकको एनआईबिएल एस क्यापिटल लिमिटेडको नाम समेत एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ गते स्वीकृति प्राप्त भईसकेकोे छ । साविकका दुवै संस्थाहरुले असार १२ गत बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात् परिवर्तित नाम “एनआइएमबि एस क्यापिटल लिमिटेड” बाट कारोबार सुरु भएको छ ।













