१ मंसिर २०८३, मंगलबार

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, प्रतितोला कतिमा झर्‍यो ?



काठमाडौं। नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार छापावाल सुनको मूल्य सोमबारको तुलनामा प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। सोमबार ३ हजार ५२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर ३ हजार ४९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।