९ श्रावण २०८३, शनिबार

प्रभु महालक्ष्मी लाइफको सीइओमा भट्टराई नियुक्त: बीमा प्राधिकरणले दियो स्वीकृति, को हुन् उनी ?



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रमेश कुमार भट्टराईको नियुक्ति भएका छन् । भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ ।

भट्टराईलाई मर्जरपछिको आगामी ४ वर्षको लागि कम्पनीको सीइओमा नियुक्त गरिएको हो । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार आगामी असार २९ गते हुने निर्णय भइसकेको छ । दुबै कम्पनी बीचमा २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति भएको थियो भने गत जेष्ठ ३ गते अन्तिम सहमति भएको थियो ।

दुबै सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको जेष्ठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नु भएका भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्सको स्थापनाकालदेखिको सीइओको रुपमा रहँदै आएका थिए ।

उनले २०३८ सालमा नेपाल बैंकको अधिकृतबाट बैकिङ करिअर प्रारम्भ गरेका थिए । भट्टराई विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् । २०५२ मंसिर १५ गते बीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथम पटक संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनु भएका थिए ।

त्यसपछि निरन्तर नेपाल लाइफ, एशियन लाइफ, महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत भई काम गरेको अनुभव छ । विगत २८ वर्षदेखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भुमिकामा रहेका थिए । कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गरेकाले अब प्रभु महालक्ष्मी लाइफलाई पनि उचाइमा पुर्‍याउने विश्वास गर्न कम्पनीले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्