ललिता निवास प्रकरणमा थप एक जना पक्राउ
काठमाडौं । ललिता निवास प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
सीआईबीले बुधबार अर्थात असार २७ गते समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने सरकारी कीर्ते प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।












