२६ श्रावण २०८३, मंगलबार

शाओमीको रेड्मी १२ नेपाली बजारमा, यस्ता छन् मूल्य र विशेषता



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

उत्कृष्ट प्रदर्शन र फिचरहरु प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुनेछ । रेड्मी सिरज अन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान गर्दै बजेट अनुकूल स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने लक्ष्य राखेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “हामी शाओमीका प्रविधियुक्त स्र्माटफोनहरु सबैका लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौँ । रेड्मी १२ मोडलमा फिचर, प्रदर्शन र किफायतीको संयोजन मार्फत हामी इन्ट्री लेबल स्र्माटफोनलाई पुन: परिभाषित गर्ने उद्देश्य राखेका छौँ । हामीलाई विश्वास कि यस डिभाइसले प्रयोगकर्तालाई डिजिटल संसारका सम्पूणर््ा सम्भावनाहरूका ढोका खोल्नेछ ।”

डिस्प्ले यस डिभाइसमा २४६०*१०८० को रिजोलुसन र ३९६ सिसिआइ सहितको ६.७९ एफएचडि प्लस डट डिस्प्ले समावेश छ । यस डिभाइसमा १५००:१ को कन्ट्रास रेसियो, ७० प्रतिशत एनटिएससि कलर ग्यामट तथा ५५० एनआइटिएस सम्मको अधिकतम ब्राइटनेस सहित उपलब्ध हुनेछ

फोटोग्राफीको लागि रेड्मी १२ मा ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ जसमा ५० मेगा पिक्सेलको मेन क्यामेरा, १२० फिल्ड अफ भ्यू भएको ८ मेगा पिक्सेल अल्ट्रा–वाइड क्यामेरा र २ मेगा पिक्सेल म्याक्रो क्यामेरा समावेश छ ।

ब्याट्री र चार्जिङ फोनमा ५००० एम ए याच ब्याट्री जडान गरिएको छ जसले १८ वाट फास्ट चार्जिङ समर्थन गर्दछ । तपाईले बक्स भित्र २२.५ वाट को फास्ट चार्जर पाउनुहुनेछ । यसमा चार्जिङ र डाटा ट्रान्सफरका लागि युयसबी–सी पोर्ट रहेको छ । सुरक्षाका अप्सनहरूमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक समावेश छ ।

नेटवर्क र कनेक्टिभिटी रेड्मी १२ ल एनएफसीे समर्थन गर्दछ, यद्यपि एनएफसीेको उपलब्धता बजारहरू पिच्छे फरक हुन सक्छ । यसमा डुअल सिमको फिचर रहेको छ र हाइब्रिड स्लट प्रदान गरिएको छ । जसले १ टीबी सम्म एक्स्पाण्डेबल स्टोरेजको लागि माइक्रोएसडी कार्ड सपोर्ट गर्दछ । यस फोनले जिएसएम,डब्लुडिएमए एलटिईको लागि विभिन्न नेटवर्क ब्यान्डहरू समर्थन गर्नुका साथै यसमा दुवै वाइफाइ कनेक्टिभिटी २.४जी हर्ज र ५जी हर्ज फ्रिक्वेन्सी, ब्लुटुथ ५.३ र हेडफोन ज्याक संगै एफएम रेडियो पनि समावेश रहेको कम्पनीले जनाएको छ ।

रेड्मी १२ मिडनाइट ब्ल्याक, स्काई ब्लू र पोलर सिल्भर गरी तीन रंगहरूमा र ६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । साथै यसमा १ टीबी सम्म एक्स्पाण्डेबल स्टोरेजको सपोर्ट रहेको छ ।

६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य १७ हजार ९९९ रुपैयाँ र २० हजार ९९९ रहेको छ । रेड्मी १२ असार २९ बाट नेपालभरका सबै आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध हुनेछ ।